१ आश्विन २०८३, बिहीबार

विदेशी महिलाको चरित्र हत्या गरेको अभियोगमा नेपालगञ्जका जयसवाल पक्राउ

11
सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको अभियोगमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
विदेशी महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिरहरू पीडितका आफन्त तथा परिवारजनलाई पठाएर चरित्र हत्या गरेको कसुरमा साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा उनलाई पक्राउ गरेको हो। जयसवालमाथि जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.