२९ भाद्र २०८३, सोमबार

बाढी प्रभावितको उद्धार र राहतबारे प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच छलफल

39

काठमाडौँ ।
प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षति र सरकारले गरिरहेको उद्धार प्रयासबारे छलफल भएको हो।

भेटका क्रममा सभापति लामिछानेले प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहत वितरणको अवस्थाबारे चासो राख्नुभएको थियो। जवाफमा प्रधानमन्त्री शाहले नागरिकको जीउधनको रक्षाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी दिनुभयो।

दुई नेताबीच बाढीका कारण विस्थापित भएका नागरिकहरूको उचित व्यवस्थापन, राहत सामग्रीको सहज पहुँच र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुन:स्थापनालाई प्राथमिकताका साथ अगाडि बढाउने विषयमा समेत गहन परामर्श भएको छ। बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको सन्दर्भमा सरकार र सत्तारुढ दलबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.