३० हजार मेट्रिक टन रासायनिक मल भित्रिन सुरु, पहिलो खेप चार दिनभित्र नेपाल आइपुग्ने
काठमाडौँ, साउन १ ।
नेपालका लागि आवश्यक ३० हजार मेट्रिक टन रासायनिक मल भित्रिन सुरु भएको छ। ग्लोबल टेन्डरमार्फत खरिद गरिएको उक्त मल भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल आउन लागेको हो।
कोलकाता बन्दरगाहमा आइपुगेको कुल मलमध्ये १ हजार २५० मेट्रिक टन मल आजदेखि नेपालतर्फ ढुवानी सुरु गरिएको छ। ढुवानी सुरु भएको यो मल करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ।
बाँकी रहेको मलको हकमा हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम तीव्र रूपमा भइरहेको छ। प्याकेजिङ सम्पन्न भएलगत्तै बाँकी सबै मल क्रमशः छिटो भन्दा छिटो नेपाल भित्रिने छ।
खेतीको सिजनमा मलको अभाव भइरहेका बेला यो परिमाणको मल भित्रिनुलाई किसानका लागि राहतका रूपमा हेरिएको छ।