१५ श्रावण २०८३, शुक्रबार

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज विविध कार्यक्रमका साथ मनाइँदै

80

काठमाडौं, असार २९ — नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देशभर तथा विदेशमा रहेका नेपाली समुदायले विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइरहेका छन्।

भानु जयन्तीका अवसरमा साहित्यिक संस्था, विद्यालय, विश्वविद्यालय तथा विभिन्न सामाजिक सङ्घसंस्थाले भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण, कविता वाचन, साहित्यिक गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्।

तनहुँको चुँदी रम्घामा जन्मिएका आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यको विकासमा ऐतिहासिक योगदान पुर्‍याएका थिए। नेपाली भाषालाई जनसाधारणसम्म सहज रूपमा पुर्‍याउन उहाँले खेलेको भूमिकाका कारण उहाँलाई नेपाली साहित्यका आदिकविका रूपमा सम्मान गरिन्छ।

भानुभक्तका कृतिले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उहाँको स्मरणमा हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाउने परम्परा रहेको छ।

यस अवसरमा साहित्यकारहरूले भानुभक्तको सिर्जना, भाषा संरक्षण र नेपाली साहित्यको प्रवर्द्धनमा उहाँको योगदानलाई नयाँ पुस्तामाझ पु¥याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

Author

Leave A Reply

Your email address will not be published.