सुनको भाउ फेरि हालसम्मकै उच्च, चाँदी भने घट्यो
सुनको मूल्य आज प्रतितोला २२ सय रुपैयाँले बढेर फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ, जुन गत असोज ३१ गतेको रेकर्ड बराबर हो। अर्कोतर्फ, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले घटेर ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।