९ आश्विन २०८३, शुक्रबार

माछापोखरीबाट अवैध लागूऔषधसहित एक जना पक्राउ

230

काठमाडौं: काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने काभ्रे रोशी गाउँपालिका-१० घर भएका २९ वर्षीय राम बहादुर दुलाल रहेका छन्।

मंगलबार राति प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले दुलाललाई करिब १ ग्राम ६ सय २० मिलिग्राम ब्राउनसुगर र नगद २५ हजार रूपैयाँसहित पक्राउ गरेको हो।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.