प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन उद्घाटन
भक्तपुर, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले मंगलबार एक कार्यक्रमबीच प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ। उहाँले भवनको अवलोकन गर्दै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो।
प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवनले प्रहरी सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रहरी कर्मचारीहरूलाई शिष्ट आचरणका साथ उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो।
नेपाल सरकारको ४ करोड ४६ लाख १८ हजार १ सय ९७ रुपैयाँ २२ पैसाको लागतमा भवन निर्माण सम्पन्न भएको हो। उद्घाटन समारोहमा नेपाली सेनाका उपरथी, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत विभिन्न क्षेत्रका महानुभावहरूको उपस्थिति रहेको थियो।