सिरहाबाट स्रोत नखुलेको ८ लाख २५ हजार रुपैयाँसहित एक जना पक्राउ
सिराहा: सिरहा नगरपालिका-२० लकडिगदियानीबाट स्रोत नखुलेको नगद ८ लाख २५ हजार रुपैयाँसहित कल्याणपुर नगरपालिका-१ बनिनियाका ३० वर्षीय राशिन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी लकडिगदियानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०२-०१-००३ प २१०२ नम्बरको मोटरसाइकललाई नियमित जाँच गर्ने क्रममा उक्त नगद फेला पारेको हो। नगदसहित मोटरसाइकल चालक राशिन्द्र मण्डललाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।