कञ्चनपुरमा करिब २९ लाखको पटकासहित एकजना पक्राउ
कञ्चनपुर, भीमदत्त नगरपालिका-३ – कञ्चनपुरको भीमदत्त नगरपालिका-३ बस्ने ४९ वर्षीय खडक पाललाई करिब २८ लाख ९८ हजार ६ सय ५० रूपैयाँ बराबरको विभिन्न प्रकारका पटकासहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा खडक पालको घरमा खानतलासी गर्दा अवैध रूपमा भण्डारण गरिएको अवस्थामा उक्त ठूलो परिमाणको पटका फेला पारेको हो।
प्रहरीले पाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चाडपर्व नजिकिँदै गर्दा अवैध पटकाको कारोबार नियन्त्रणमा यो महत्त्वपूर्ण सफलता मानिएको छ।