८ आश्विन २०८३, बिहीबार

सुमना श्रेष्ठको चेतावनी : भाद्र २३ को युवा क्रान्तिको मर्म विपरीत संसद पुनर्स्थापनाको बहस बन्द गर

266

काठमाडौं, सुमना श्रेष्ठले ताजा जनादेशको मागलाई समर्थन गर्दै ठूला राजनीतिक दलभित्रका नेताहरुले संसद पुनर्स्थापनाको बहस गरेकोप्रति कडा आपत्ती जनाएको छ। उनले सामाजिक संजालमा लेख्दै भन्छिन लोकतन्त्र र भाद्र २३ को युवा संकेतको मर्म विपरीत हुने प्रयासहरू स्वीकार्य नहुनेछ।

नेताहरूको संसद पुनर्स्थापना र नागरिक सरकारले हुने निर्वाचनको निष्पक्षतामाथि अनावश्यक शंका फैलाउने कार्यलाई भ्रष्ट, कायर र अपराधी तत्त्वद्वारा गरिएका बहानामात्रै भनेको छ। सुमना श्रेष्ठले कांग्रेस तथा एमालेभित्र लोकतन्त्र र राष्ट्रप्रति निष्ठावान युवा साथीलाई नेतृत्वविरुद्ध विद्रोह र प्रतिरोधमा अगाडि आउन आग्रह समेत गरेकी छिन।

 

Author

Leave A Reply

Your email address will not be published.