झापाको किसनभिट्टाबाट जुवातास खेलिरहेका ११ जना पक्राउ
झापा। झापाको बिर्तामोड नगरपालिका-८ किसनभिट्टाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। बिहीबार राति ओमनाथ उप्रेतीको घरमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ५० वर्षीय घरधनी ओमनाथ उप्रेतीसहित ११ जनालाई नगद २ लाख १५ हजार ५ सय ५० रूपैयाँ र एक बुक ताससहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।