९ आश्विन २०८३, शुक्रबार

दाङमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

236

२०८२ असोज २० गते सोमबार, काठमाडौं।

दाङको घोराही उपमहानगरपालिका–१ गैरागाउँमा श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्।

शनिबार राति आफ्ना ६४ वर्षीय श्रीमान् ढाल बहादुर चौधरीलाई टर्चले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा ६२ वर्षीया माया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घरायसी विवादका कारण घटना भएको बताइएको छ। घटनाबारे सूचना पाएलगत्तै प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.