९ आश्विन २०८३, शुक्रबार

तीन सचिवहरूको जिम्मेवारी हेरफेर

236

२०८२ असोज ०७ गते मंगलबार, काठमाडौं।

सरकारले तीनजना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, रक्षा र योजना आयोगका सचिवबीच जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ। रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृहसचिव बनाइएका छन् भने योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

दुवाडी तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा राष्ट्रिय तथ्यांक कार्यालय आएका थिए। उनी आगामी मंसिर महिनामा अनिवार्य अवकाशमा जाने छन्।

 

Author

Leave A Reply

Your email address will not be published.