२०८२ भदौ १७ गते मंगलबार, काठमाडौं ।
काठमाडौंको गोंगबुस्थित एक घरमा ठूलो मात्रामा अवैध रकम लुकाइएको आशंकामा प्रहरीले छापा मारी ठूलो परिमाणमा नगद र सुन बरामद गरेको छ ।
प्रहरीका अनुसार छापामारी क्रममा घरभित्र लुकाइराखिएको ४ करोड रुपैयाँ नगद र सुन फेला परेको हो ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।