१३ आश्विन २०८३, मंगलवार

मलको कृत्रिम अभाव अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन

277

२०८२ साउन २७ गते मंगलबार, काठमाडौं।

प्रधानमन्त्री के पी शर्मा ओलीले रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरी किसानलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्न र दीर्घकालीन समाधान खोज्न कडा निर्देशन दिनुभएको छ। पर्याप्त मात्रामा मल मौज्दात हुँदा पनि किसानले समयमा मल नपाएको गुनासो बढेपछि उहाँले आज कृषि तथा पशुपन्छी विकासमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सम्बन्धित निकायका अधिकारीहरुलाई बोलाएर छलफल गर्नुभएको हो।

उक्त छलफलमा प्रधानमन्त्री ओलीले मल व्यवस्थापन र उत्पादन वृद्धिबारे तत्काल कार्यान्वयन गर्न तीन मुख्य विषयमा निर्देशन दिनुभएको थियो।

उहाँले दिनुभएका तीन-बुँदे निर्देशनहरू यस प्रकार थिए:

१. रासायनिक मलको वितरण चुस्त बनाउन नयाँ ढाँचासहितको ठाेस योजना।
२. कम्पाेष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन।
३. माटाेकाे उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन।

Author

Leave A Reply

Your email address will not be published.