इमरान खानलाई १४ वर्ष जेल सजाय
पाकिस्तानको संघीय राजधानीको एक अदालतले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १९ करोड पाउण्डको मुद्दामा दोषी घोषित गरेको छ।
अदालतका न्यायाधीश नासिर जावेद राणाले पीटीआईका संस्थापकलाई १४ वर्षको जेल सजाय र उनकी श्रीमतीलाई ७ वर्षको जेल सजाय तोकेका छन् भने उनीहरूलाई अदियाला जेलमा रहेको अस्थायी अदालतमा कारबाहीका क्रममा भारी जरिवाना पनि तोकेका छन्।
पीटीआईका संस्थापकले १० लाख र उनकी श्रीमतीलाई ५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । उनीहरुले जरिवाना तिर्न नसकेमा पूर्वप्रधानमन्त्रीले ६ महिना र बुशराले तीन महिना थप जेल सजाय भोग्नुपर्नेछ ।
एजेन्सीको सहयोगमा