२८ भाद्र २०८३, आईतवार

भोटेकोशी बाढी अपडेट: १,३५६ को मृत्यु, ४,०७७ अझै बेपत्ता

20

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहानसम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ । मृत्यु हुनेहरूमा सबैभन्दा धेरै चितवनका ३६३ जना रहेका छन् भने रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र नवलपरासी लगायतका जिल्लाहरूमा ठुलो मानवीय क्षति भएको छ ।

प्रहरीका अनुसार हालसम्म ४ हजार ७७ जना अझै बेपत्ता छन् र उनीहरूको खोजी कार्य जारी छ । फेला परेका शवमध्ये १ हजार १ सय २४ वटाको डिएनए नमुना संकलन गरी व्यवस्थापन गरिसकिएको छ । पहिचान हुन नसकेका १ हजार ३ सय २५ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ ।

उद्धार, राहत र खोजीका लागि ७ हजार ९ सय १२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । हाल विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार २ सय ४५ जना प्रभावितहरूलाई राखिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.