२८ भाद्र २०८३, आईतवार

प्रधानमन्त्री बालेन शाह र नेता वर्षमान पुनबीच भेटवार्ता: भोटेकोशी बाढी र राहतबारे छलफल

23

प्रधानमन्त्री वालेन्द्र शाहसँग आज नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयका साथै प्राकृतिक विपत्तिका बारेमा छलफल भएको छ।

विशेषगरी रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढी र त्यसले पुर्‍याएको क्षतिबारे दुई नेताबीच गम्भीर कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा बाढीपछिको खोज, उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई राहत वितरण गर्ने कार्यलाई कसरी तीव्र र प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित थियो।

यस्तै, बाढीका कारण क्षतिग्रस्त भएका सडक, पुल तथा अन्य भौतिक पूर्वाधारहरूलाई तत्काल मर्मत गरी पुनः सञ्चालनमा ल्याउने विषयमा पनि उहाँहरूबीच विमर्श भएको छ। नेता पुनले बाढी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति बलियो बनाउन र जनतालाई तत्काल राहतको अनुभूति दिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

Author

Leave A Reply

Your email address will not be published.