विनाशकारी बाढी अपडेट: ३५९ जनाको शव फेला, प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र
रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो ५ बजेसम्म विभिन्न जिल्लाहरूबाट कुल ३ सय ५९ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा १ सय ३२ र नवलपरासी पूर्वमा ८२ जनाको शव फेला परेको छ भने धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ। हाल प्रहरीले स्थानीयवासी र विभिन्न निकायको समन्वयमा बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिएको छ। साथै, बाढीका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू खुलाउने कार्य समेत भइरहेको छ।