३१ भाद्र २०८३, बुधबार

मन्त्रिपरिषद्का मुख्य निर्णय: विद्यालय कर्मचारीको तलब वृद्धि, जापानको पौने ३ अर्ब अनुदान स्वीकार

45

काठमाडौँ, भदौ ३ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, पूर्वाधार र वैदेशिक सम्बन्धसँग सम्बन्धित १० वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकका मुख्य निर्णयहरू:

१. शिक्षक र कर्मचारीको तलब वृद्धि: प्रारम्भिक बालविकास (ECED) सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीहरूको पारिश्रमिकमा मासिक ५ हजार रुपैयाँ वृद्धि गरिएको छ । साथै, शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब पनि तहगत सुरु स्केल बमोजिम कायम गरिएको छ ।

२. जापानी अनुदान स्वीकार: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (ATC) सुधारका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

३. अन्तर्राष्ट्रिय भ्रमण र सम्झौता: संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिन परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने र साउदी अरेबियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने निर्णय भएको छ । यस्तै, भारतमा हुने १४ औँ सीमा व्यवस्थापन बैठकमा गृह मन्त्रालयको टोली सहभागी हुनेछ ।

४. कानुनी र प्रशासनिक: भुक्तानी तथा फस्यौंट ऐन र नागरिक लगानी कोष ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति दिइएको छ । सहसचिव कमलप्रसाद भट्टराईलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

५. अन्य: नेपालमा ‘एसियन डिजास्टर प्रिपयर्डनेस सेन्टर’ (ADPC) को उप-केन्द्र स्थापना गर्न र सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Author

Leave A Reply

Your email address will not be published.