३१ भाद्र २०८३, बुधबार

रेडक्रस जग्गा खरिद प्रकरणमा ५ जना पक्राउ, करोडौँ ठगीको आरोप

22

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा ठगी गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले मंगलबार राजेश देशमरू, संजिब थापा, मदन कृष्ण फोजु, उमेश प्रसाद ढकाल र ईन्द्र बहादुर केसीलाई पक्राउ गरेको हो ।

भक्तपुरमा गोदाम घर बनाउन जग्गा खरिद गर्दा बोलपत्रको सर्त विपरीत बिचौलिया प्रयोग गरी १ करोड ९३ लाख रुपैयाँ अनियमितता गरेको उनीहरूमाथि आरोप छ । ६ करोड ३२ लाख रुपैयाँमा खरिद गरिएको ५ रोपनी १३ आना जग्गा नापजाँच गर्दा फिल्डमा ५ रोपनी ६ आना मात्र भेटिएपछि ठगी भएको पुष्टि भएको हो ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको ब्यूरोले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.