आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ, भदौ ३ ।
प्रधानमन्त्रीले आज (बुधबार) मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ । बैठक आज अपराह्न ३:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रम तथा प्रशासनिक निर्णयहरूका बारेमा छलफल र निर्णय हुनेछ ।
नियमित रूपमा बस्दै आएको मन्त्रिपरिषद्को यो बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावहरू र नियुक्तिलगायतका विषयमा समेत निर्णय हुनसक्ने बताइएको छ ।