३१ भाद्र २०८३, बुधबार

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गर्ने दुई जना पक्राउ

34

काठमाडौँ ।
काठमाडौँको सार्वजनिक यातायातमा यात्रा गरिरहेका यात्रुको सुनको सिक्री चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने ३१ वर्षीय अजय बस्नेत (मूल घर सोलुखुम्बु) र सूर्यविनायक बस्ने ४३ वर्षीय भविन्द्र विक (मूल घर झापा) रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

गत साउन २७ गते काठमाडौँको पुरानो बसपार्कदेखि बिजुली बजारसम्म जाने क्रममा सार्वजनिक यातायातभित्रै एक व्यक्तिको घाँटीमा लगाएको सुनको सिक्री चोरी भएको थियो। उक्त घटनाको उजुरीपछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरूको संलग्नता फेला पारेको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.