३१ भाद्र २०८३, बुधबार

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

24

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुईजना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ५४ वर्षीया जननी बज्राचार्य र ३५ वर्षीया ममता पाण्डे रहेका छन् ।

आइतबार राति नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरूलाई अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला परेको हो ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार:

  • जननी बज्राचार्यको साथबाट: ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३ सय ७२ मलेसियन रिङ्गिट ।

  • ममता पाण्डेको साथबाट: ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३ सय २८ मलेसियन रिङ्गिट बरामद गरिएको छ ।

पक्राउ परेका बज्राचार्य काठमाडौँ महानगरपालिका-२६ गोंगबु र पाण्डे गोरखा नगरपालिका-३ का स्थायी बासिन्दा हुन् । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.