३१ भाद्र २०८३, बुधबार

स्वास्थ्य उपचार प्रोटोकललाई बीमासँग जोड्ने तयारी

26

काठमाडौं — देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउन स्वास्थ्य उपचारका मानक प्रोटोकल (एसटीपी)लाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा लागू गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको छलफलमा विभिन्न १८ क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी थिए। उनीहरूले हाल प्रयोगमा रहेका प्रोटोकलका समस्या, समन्वयको अभाव र सुधारका उपायबारे सुझाव दिएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका अनुसार हाल १९ वटा प्रोटोकल तयार भएका छन्। तिनलाई समयानुकूल परिमार्जन गरी एकरूप रूपमा लागू गर्नुपर्नेमा जोड दिइएको छ। प्रोटोकल प्रभावकारी रूपमा लागू भए अनावश्यक सीटी स्क्यान, एमआरआई तथा महँगा औषधिको प्रयोग घट्नुका साथै बिरामीको उपचार खर्च र स्वास्थ्य बीमामाथिको आर्थिक भारसमेत कम हुने अपेक्षा गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.