३१ भाद्र २०८३, बुधबार

बडीमालिकामा सञ्चार सेवा विस्तार गरिँदै: हेलिकप्टरमार्फत उपकरण ढुवानी

25

काठमाडौँ: बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा विस्तारका लागि आवश्यक उपकरणहरू हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मंगलबार सामग्रीहरू सो क्षेत्रमा पुर्‍याएको हो ।

भौगोलिक विकटता र सडक पहुँच नभएका कारण स्थलमार्गबाट उपकरण लैजान कठिन भएपछि हेलिकप्टरको सहायता लिइएको हो । समुन्द्री सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको बडीमालिकामा टेलिकमले प्रारम्भिक चरणमा ४जी सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

                        

प्रतिकूल मौसमका कारण ढुवानीमा केही ढिलाइ भए पनि अबको ५ दिनभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । मन्त्री तिमिल्सिनाले साउन ८ गते दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार पहुँच पुर्‍याउन निर्देशन दिनुभएको थियो । यो सेवा विस्तारसँगै बडीमालिका पुग्ने तीर्थयात्री र पर्यटकहरू सञ्चार सुविधाबाट लाभान्वित हुनेछन् । सरकारले बडीमालिकासँगै सगरमाथा आधार शिविर लगायतका अन्य दुर्गम क्षेत्रमा पनि उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.