प्रधानमन्त्री र सुदूरपश्चिमका रास्वपा सांसदबीच भेटवार्ता, विकास आयोजनाबारे ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा सांसदहरूले सुदूरपश्चिमका मुख्य समस्याहरू जस्तै– गेटा विश्वविद्यालय सञ्चालन, पश्चिम सेती र पञ्चेश्वर आयोजना, सडक पूर्वाधार, छाडा चौपाया व्यवस्थापन र नदी कटान नियन्त्रणका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।
सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै स्थानीय विकासका आयोजनालाई प्राथमिकता दिन आग्रह गर्नुभयो। छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी लगायतको सहभागिता थियो।