१३ श्रावण २०८३, बुधबार

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने दुईजना पक्राउ

18

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीका २८ वर्षीय प्रदिप कुमार श्रेष्ठ र कपिलवस्तुकी २४ वर्षीया कविता वेल्वासे रहेका छन्। प्रदिपले कम्बोडिया पठाइदिने भन्दै एक व्यक्तिबाट ४ लाख रुपैयाँ र कविताले युएई पठाइदिने भन्दै १ लाख ८० हजार रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रदिपलाई आइतबार र कवितालाई सोमबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.