१३ श्रावण २०८३, बुधबार

कृषि मन्त्री चौधरी र एफएओ (FAO) निर्देशकबीच भेटवार्ता: कृषि रूपान्तरण र खाद्य सुरक्षामा सहकार्य हुने

18

काठमाडौँ । माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) की निर्देशक हुआ याङबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा नेपालको खाद्य सुरक्षा, कृषि रूपान्तरण, र दिगो कृषि-खाद्य प्रणाली विकासका विषयमा छलफल भएको थियो। मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको सुदृढीकरण, सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास र कृषि प्रयोगशालाहरूको क्षमता अभिवृद्धिका लागि एफएओसँगको सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो।

निर्देशक याङले नेपाललाई प्राथमिकतामा राखेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै एफएओ मुख्यालय, रोममा हुने आगामी अन्तर्राष्ट्रिय कृषि विज्ञान तथा नवप्रवर्तन कार्यक्रमका लागि नेपाललाई निमन्त्रणा दिनुभयो। दुवै पक्षले दिगो र समावेशी कृषि प्रणाली विकासका लागि साझेदारीलाई अझ सशक्त बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्

Author

Leave A Reply

Your email address will not be published.