२ आश्विन २०८३, शुक्रबार

हात्ती प्रजनन केन्द्रलाई ‘एलिफेन्ट सेन्चुरी’ का रूपमा विकास गरिने: मन्त्री चौधरी

37

चितवन: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै यसलाई ‘एलिफेन्ट सेन्चुरी’ (Elephant Sanctuary) का रूपमा विकास गर्ने बताउनुभएको छ। निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रको पूर्वाधार, हात्ती संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

उहाँले हात्ती संरक्षण र पर्यावरणीय पर्यटनलाई जोड्दै चितवनलाई अझ आकर्षक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो। प्राकृतिक वातावरणमै हात्ती संरक्षण र दिगो पर्यटन विकासका लागि दीर्घकालीन योजना अघि बढाउन समेत मन्त्री चौधरीले निर्देशन दिनुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.