१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पाल्पामा एक युवक पक्राउ
पाल्पा: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा २२ वर्षीय आकाश पुलामी मगर पक्राउ परेका छन्। रामपुर नगरपालिका–४ खोप्टार बस्ने (मूल घर नवलपरासी पूर्व) पुलामीलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
बालिकालाई करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।