३१ भाद्र २०८३, बुधबार

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच आज विशेष संवाद

44

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन आज प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग विशेष छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने यस उच्चस्तरीय बैठकमा वर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे गहन मन्थन हुनेछ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघ (CNI) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्स (NCC) का अध्यक्ष कमलेश कुमार अग्रवाल लगायतका व्यावसायिक नेतृत्वहरूको सहभागिता रहनेछ। सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई बलियो बनाउन यो बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.