३१ भाद्र २०८३, बुधबार

सरकारी कागजात मोबाइल एपबाट ‘स्क्यान’ गर्न रोक: राष्ट्रिय सुरक्षामा जोखिम हुने प्रधानमन्त्री कार्यालयको ठहर

38

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ। डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्न मन्त्रालयले यस्तो परिपत्र जारी गरेको हो।

क्याम स्क्यानर जस्ता बाह्य मोबाइल एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरमा पुग्ने र राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी एवं संवेदनशील दस्ताबेजहरू बाहिरिन सक्ने जोखिम उच्च रहेको कार्यालयको निष्कर्ष छ।

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार यस्ता एपहरूले प्रयोगकर्ताको तथ्याङ्कमा सिधै पहुँच राख्ने भएकाले राष्ट्रिय सुरक्षाका दृष्टिले यो असुरक्षित छ। सरकारी दस्ताबेजको गोपनीयता कायम राख्न र तथ्याङ्क सुरक्षालाई मजबुत बनाउन यो अनिवार्य कदम चालिएको मन्त्रालयले जनाएको छ। अबदेखि सरकारी पत्राचार र अभिलेखका लागि मोबाइलबाट तस्बिर खिच्ने वा असुरक्षित एप प्रयोग गर्ने प्रवृत्तिलाई पूर्णतः निषेध गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.