१ आश्विन २०८३, बिहीबार

श्रीमतीको हत्या गरी फरार रहेका महन्थ यादव पक्राउ

60

रौतहट । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका ४२ वर्षीय महन्थ राय यादवलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। फतुवा विजयपुर नगरपालिका-६ बस्ने यादवले २०८२ फागुन ३ गते ३२ वर्षीया श्रीमती आरति देवी यादवलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए।

हत्यापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विजयपुरबाट फेला पारेको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.