१३ श्रावण २०८३, बुधबार

सामाजिक सञ्जालका भ्रामक विज्ञापन हटाउन बोर्डको निर्देशन

62

विज्ञापन बोर्डले सामाजिक सञ्जालमा प्रसारण भइरहेका आधारहीन र भ्रामक विज्ञापनहरू तत्काल हटाउन निर्देशन दिएको छ। विशेषगरी स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू जस्तै: कपाल उमार्ने, तौल घटाउने, हाडजोर्नीको दुखाइ निको पार्ने र किड्नी सफा गर्ने भन्दै गरिने अनधिकृत विज्ञापन रोक्न बोर्डले सार्वजनिक सूचना जारी गरेको हो।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि बोर्डले यस्तो कदम चालेको हो। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ विपरीत आधिकारिक प्रमाणीकरण र लेबलिङ नभएका औषधिजन्य सामग्रीको प्रचार गर्ने विज्ञापनदाता, एजेन्सी र प्लेटफर्म सञ्चालकलाई कारबाही गर्ने चेतावनी दिइएको छ। यस्ता विज्ञापनले जनस्वास्थ्यमा असर पुग्ने र आर्थिक ठगी हुने जोखिम रहेकाले शंकास्पद विज्ञापन देखिएमा बोर्डमा उजुरी गर्न समेत आग्रह गरिएको छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.