३ आश्विन २०८३, शनिबार

सञ्चारकर्मीलाई अवरोध नगरिएको प्रधानमन्त्रीको सचिवालयको स्पष्टीकरण

137

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले २०८३ वैशाख २१ गते प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारको खण्डन गरेको छ।

प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार, प्रधानमन्त्री वालेन्द्र शाहले कार्यालय प्रवेशका क्रममा परिसरको सवारी भीडभाड र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राख्नुभएको थियो। सञ्चारकर्मीहरूलाई कार्यक्षेत्रबाट हटाउन वा भिडियो खिच्न रोक्न प्रधानमन्त्रीबाट कुनै पनि निर्देशन नभएको सचिवालयले प्रष्ट पारेको छ।

सुरक्षाकर्मीले सञ्चारकर्मीलाई हट्न भनेको गुनासो प्राप्त हुनासाथ सचिवालयले समन्वय गरी पहुँचमा कुनै कटौती नगरिएको जानकारी गराइसकेको विज्ञप्तिमा उल्लेख छ। सचिवालयले सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको ‘अंकुश’ का रूपमा अतिरञ्जित नगर्न अनुरोध गर्दै सरकार प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.