३ बैशाख २०८३, बिहीबार

इलाममा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

19

इलाम । इलाममा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिक रहेका छन् ।

उनलाई सोमबार दिउँसो इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.