अष्ट्रेलियाबाट गायिका बिन्दु पौडेलले ल्याइन् ‘जिन्दगी के छ र’, भिडियोमा सागर लम्साल ‘बले’सँग देखिइन्
काठमाडौँ । लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आएकी सर्जक तथा गायिका बिन्दु पौडेलले आफ्नो नयाँ सांगीतिक कोसेली ‘जिन्दगी के छ र’ सार्वजनिक गरेकी छिन् । प्रवासमा रहेर पनि नेपाली गीत-संगीतको क्षेत्रमा निरन्तर सक्रिय पौडेलले यसै साता यो नयाँ गीत बजारमा ल्याएकी हुन् ।
अष्ट्रेलियामा स्थापित र विशिष्ट पहिचान बनाएकी बिन्दुको यस गीतमा चर्चित गायक शिव हमालले स्वरमा साथ दिएका छन् ।
गीतको म्युजिक भिडियोमा गायिका बिन्दु पौडेल र लोकप्रिय कलाकार सागर लम्साल (बले) को आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई अनुभवी निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।
बिन्दु पौडेल अष्ट्रेलियास्थित ‘दिदी बहिनी इभेन्ट्स’की प्रमुख समेत हुन् । उनी नेपालबाट नाम चलेका कलाकारहरूलाई अष्ट्रेलिया लगेर ठूला सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने अग्रणी आयोजकका रूपमा समेत परिचित छिन् ।
प्रबासमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतलाई माया गर्दै उनले निरन्तर रूपमा नयाँ सिर्जनाहरू बजारमा ल्याउने गरेकी छिन् । उनको यो नयाँ प्रस्तुतिलाई पनि दर्शक तथा श्रोताले रुचाउने अपेक्षा गरिएको छ ।
भिडियोको लिंक यहाँ हेर्नुहोस्: