३ आश्विन २०८३, शनिबार

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइँदै

121

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र वितरण गरेको छ । आयोगमा आयोजित कार्यक्रममा ६ वटा राजनीतिक दलका नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

आयोगको विवरणअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिष्ट पार्टीका ९, तथा श्रम संस्कृति पार्टी र राप्रपाका ४–४ जना सांसद निर्वाचित भएका छन् ।

प्रमाणपत्र वितरणलगत्तै आयोगले आजै निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ ।

Author

Leave A Reply

Your email address will not be published.