कलंकीबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौँ । काठमाडौंको कलंकी खसिबजारबाट प्रहरीले शनिबार राति नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भई नैकाप बस्ने २८ वर्षीय रूपेश कुमार राउत र रौतहटका २२ वर्षीय दानिस मगर रहेका छन् ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले बा.६० प २४०० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट ४५० ट्याब्लेट विभिन्न नियन्त्रित औषधिहरू (ट्रामाडोल, स्पास्पेन, प्रिग्याब्लिन र टापेन्टाडोल) बरामद गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।