६ आश्विन २०८३, मंगलवार

ललितपुर र चितवनबाट जुवा खेलिरहेका २२ जना पक्राउ, पौने ५ लाख बरामद

225

काठमाडौँ । प्रहरीले ललितपुर र चितवनका छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ। शनिबार साँझ गरिएको कारबाहीमा करिब ४ लाख ७६ हजार रुपैयाँ नगद समेत बरामद भएको छ।

प्रहरीका अनुसार ललितपुरको गोदावरी–४ बडिखेलस्थित तपेश्वर होटलबाट १४ जना पक्राउ परेका छन्। त्यहाँबाट ४ लाख ४ हजार ७ सय २५ रूपैयाँ र ४ बुक तास बरामद गरिएको छ।

यस्तै, चितवनको कालिका नगरपालिका–६ स्थित ठाकुर प्रसाद भट्टको घरमा जुवा खेलिरहेका ८ जनालाई ७१ हजार २ सय १० रूपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.