६ आश्विन २०८३, मंगलवार

काठमाडौंको रानिवनमा जुवाको खालबाट ९ जना पक्राउ

199

काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिका–१ रानिवन बुद्धचोकबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।

शुक्रबार साँझ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले धादिङको रूवी भ्याली गाउँपालिका–६ घर भई हाल रानिवनमा डेरा गरी बस्ने ४३ वर्षीया धनमाया गुरूङको कोठामा छापा मारेको हो।

प्रहरीले कोठाधनी गुरुङसहित ९ जनालाई जुवा खेलिरहेकै अवस्थामा नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नगद ३७ हजार ५ सय रुपैयाँ र २ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Author

Leave A Reply

Your email address will not be published.