७ आश्विन २०८३, बुधबार

काठमाडौंको सोल्टीमोडबाट रिभल्भरसहित सन्तोष गुरुङ पक्राउ

220

काठमाडौँ । प्रहरीले काठमाडौंको सोल्टीमोडबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष गुरुङ रहेका छन्।

प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–५ स्थायी घर भएका गुरुङ हाल काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा बस्दै आएका थिए। उनलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

गुरुङको साथबाट एक थान रिभल्भर बरामद गरिएको प्रहरीले जनाएको छ। हतियारसहित पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Author

Leave A Reply

Your email address will not be published.