७ आश्विन २०८३, बुधबार

जेनजी प्रदर्शनका १६९ घाइतेको वर्गीकरण सम्पन्न, १५ जना अतिगम्भीर

342

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत भदौ २३ र २४ गते भएको ‘जेनजी प्रदर्शन’ का घाइतेहरूको वर्गीकरण गरेको छ। कार्यालयले हालसम्म १६९ जना घाइतेको विवरण वर्गीकरण गरेको हो।

वर्गीकृत घाइतेमध्ये १५ जना अतिगम्भीर, ५१ जना गम्भीर, ३६ जना मध्यम र ६७ जना सामान्य घाइतेको सूचीमा छन्। मङ्सिर ५ र १२ गते गरी दुई चरणमा यो वर्गीकरण गरिएको हो।

प्रशासनले तयार पारेको यो विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइने र सोही आधारमा घाइतेहरूले उपचार तथा सामाजिक सुरक्षाको सुविधा पाउने जनाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.