७ आश्विन २०८३, बुधबार

पूर्वसभामुख महरा २० लाख धरौटीमा छुटे

204

२०८२ मङ्सिर ११ गते बिहिबार, काठमाडौं।

सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै महरालाई धरौटीमा छाड्ने निर्णय गरेको हो। अदालतले महराको उमेर, स्वास्थ्य अवस्था र जाहेरीमा प्रत्यक्ष नाम नमुछिएको लगायतका ७ आधार देखाउँदै थुनामा राख्न नपर्ने ठहर गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.