६ आश्विन २०८३, मंगलवार

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

185

पर्सा, पकहाँ मैनपुर गाउँपालिका-१ धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित सोही गाउँपालिका-१ बस्ने ३४ वर्षीय अवदेश पटेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी धारे समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ एएफ ४१२६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त नगद फेला पारी चालक अवदेशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.