युके पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वर्किङ भिसामा युके (बेलायत) पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २२ वर्षीय आदर्श तिमल्सिना र ३४ वर्षीय आशिष खोखाली रहेका छन्। प्रहरीका अनुसार आदर्शले ३० लाख ५० हजार र आशिषले ११ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका दुवैलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।