६ आश्विन २०८३, मंगलवार

नवलपरासीमा श्रीमतीको हत्या: पति पक्राउ

250

नवलपरासी पश्चिम: नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१३ घ्युडल्लामा आफ्नै श्रीमती ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा ६२ वर्षीय खड्का बहादुर थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

खड्का बहादुरले खुर्पा प्रहार गर्दा भिमकला गम्भीर घाइते भएकी थिइन्। खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भुमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भिमकलाको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो।

यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.