७ आश्विन २०८३, बुधबार

सुदन गुरुङद्वारा गृहमन्त्रीको राजीनामा माग, भ्रष्टाचार र हत्याकाण्डमाथि प्रश्न

244

काठमाडौं: सामाजिक अभियन्ता सुदन गुरुङले गृहमन्त्रीको राजीनामा माग गर्दै भ्रष्टाचार र हत्याकाण्डका दोषीमाथि कारबाही नभएकोमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले गृहमन्त्रीले जनताको भरोसा तोडेको र देशको हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन्।

गुरुङले गृहमन्त्रीलाई “जेन्जीलाई कारबाही” गर भन्ने आवाज सुनेको आरोप लगाउँदै “हत्यारालाई कारबाही गर” र “भ्रष्टाचारीलाई कारबाही गर” भन्ने जनआवाजलाई बेवास्ता गरेको बताएका छन्। उनले सहिदको रगत र नेपाली जनताको आशा सम्झन आग्रह गर्दै काम गर्न नसके पद छोड्ने वाचा स्मरण गराएका छन्।

ओमप्रकाश अर्याललाई सम्बोधन गर्दै गुरुङले अब गृहमन्त्रीबाट कुनै आशा नरहेको र दुई महिना बितिसक्दा पनि भ्रष्टाचार तथा हत्याका कुनै पनि दोषीलाई कारबाही नगरिएको बताएका छन्। उनले आगामी चुनावलाई नाटक नबनाउन चेतावनी दिँदै नेपाली जनता र जेन जीका माग सम्बोधन नभए चुनाव हुन नदिने घोषणा गरेका छन्।

यदि गृहमन्त्री पदमा टाँसिरहेमा दुई दिनपछिको पत्रकार सम्मेलनले उनको भविष्य निर्धारण गर्ने चेतावनी गुरुङले दिएका छन्। उनले प्रधानमन्त्रीको नजिकको भएकै कारण पद जोगिन्छ भन्ने भ्रम नपाल्न समेत सुझाव दिएका छन्। गुरुङले “जनता जागिसके, युवा जागिसके” भन्दै गृहमन्त्रीलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.