६ आश्विन २०८३, मंगलवार

काठमाडौं, बालाजुबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

205

काठमाडौं: महानगरीय प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय रोहन नगरकोटी रहेका छन्।

शनिबार दिउँसो प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले नगरकोटीलाई करिब १ ग्राम २५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.